ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहुँचका आधारमा विश्वविद्यालय स्थापना नहुने :मन्त्री पोखरेल


एबीसी न्यूज
१३ असार २०७५, बुधबार   २ : १४   बजे

 काठमाडौं, १३ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उहाँले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३ प्रतिशत विनियोजन भएको छ भन्नुभयो ।

उच्च शिक्षा आयोग गठन भइसकेको, सामुदायिक विद्यालयको क्षमता विस्तारमा ध्यान दिइएको, सातवटै प्रदेशमा फरक क्षमता भएका छात्रछात्रालाई अध्ययनका लागि विद्यालय स्थापना गर्ने कार्य अगाडि बढेको, नमूना विद्यालय स्थापनामा ध्यान दिएइको, सबै प्रदेशमा इञ्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवनलगायतका विश्वविद्यालयलाई उचित बजेट विनियोजन भएको छ, चालु शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव देखिएन, दलित, जनजाति, सीमान्तकृत बालबालिकालाई छात्रवृत्तिसहित दिवा खाजाको व्यवस्था गरिएको छ ।”

मन्त्री पोखरेलले विद्यार्थी भर्ना अभियानले उल्लेख्य प्रगति गरेको चर्चा गर्दै कुल तीन लाख १३ हजार बालबालिकामध्ये ५९ हजार बालबालिकामात्र भर्ना हुन बाँकी रहेको र सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन घरधुरी सर्वेक्षण कार्यसमेत शुरु भएको उहाँले बताउनुभयो ।

चुरोट पसलजस्तै विश्वविद्यालय खो नहुने सुझाव 

मन्त्री पोखरेलको जवाफमा पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले खैनी, चुरोट पसल खोलेजस्तो गरी विश्वविद्यालय खोल्ने परम्परा अन्त्य गर्न माग गर्नुभयो ।

सांसद तेजुलाल चौधरीले यसपटकको माध्यमिक परीक्षामा कतिजना छात्रछात्राले कुन ग्रेडमा उत्तीर्ण गरे मन्त्री पोखरेलसित जवाफ माग गर्नुभयो ।

सांसद सोमलाल पाण्डेले विद्यालय शिक्षामा विज्ञान विषयलाई ध्यान दिन माग गर्नुभयो ।

ती प्रश्नको जवाफमा मन्त्री पोखरेलले पहुँचका आधारमा विश्वविद्यालय स्थापना गर्ने परम्परा अन्त्य भएको जानकारी दिँदै यसपटकको माध्यमिक शिक्षा परीक्षाको नतिजाका बारेमा अध्ययन समिति गठन भएको, शैक्षिक रुपान्तरण बाँकी नै रहेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu