ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम १६ को समिकरण पुरा, शनिबारदेखि नकआउट चरणका खेल


एबीसी न्यूज
१५ असार २०७५, शुक्रबार   ६ : ०१   बजे
काठमाडौँ, १५ असार । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ।

बिहिबार समूह एचबाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो।

समूह चरणका सबै खेलहरू बिहिबार रातिबाट सकिएका छन्। समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा र साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन्।

अब शनिबारदेखि नकआउट चरणका खेल सुरु हुनेछन्।

यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने ‘निल’ भएका छन्। कुनै पनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। युरोपबाट १० टोली, दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिका र एसियाबाट एक-एक टोली नकआउट चरण पुगेका छन्।

विश्वकप अन्तर्गत बिहिबार समूह एचबाट सेनेगल बाहिरिएसँगै रूस विश्वकपको अन्तिम १६ अफ्रिकन राष्ट्रबिहिन बनेको हो । समूह एचमा रहेको सेनेगल अन्तिम खेलमा कोलम्बियासँग १ – ० ले पराजित भएको थियो। यो समूहमा जापानसँग अंक बराबर गरे पनि सेनेगल फेयर प्ले अंकमा पछि पर्दै नकआउट चरणमा पुग्न सकेन। जापान भने जारी विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र बनेको छ ।

विश्वकप फुटबलको इतिहासमा सन् १९८६ पछि पहिलोपटक अफ्रिकन राष्ट्रले नकआउट चरणमा स्थान बनाउन नसकेको हो। यो विश्वकपमा अफ्रीका महादेशबाट ५ राष्ट्र सहभागी  थिए।

को को पुगे अन्तिम १६ मा

  • जापान- एसिया
  • रसिया-युरोप
  • स्पेन-युरोप
  • पोर्चुगल-युरोप
  • फ्रान्स-युरोप
  • डेनमार्क-युरोप
  • क्रोएसिया-युरोप
  • स्विटजरल्याण्ड- युरोप
  • स्विडेन- युरोप
  • इंल्याण्ड- युरोप
  • बेल्जियम- युरोप
  • उरूग्वे- दक्षिण अमेरिका
  • अर्जेन्टिना- दक्षिण अमेरिका
  • ब्राजिल -दक्षिण अमेरिका
  • कोलम्बिया- दक्षिण अमेरिका
  • मेक्सिको- उत्तर अमेरिका

समूह चरणबाट को को बाहिरिए

  • साउदी अरेबिया र इजिप्ट- समूह ए
  • इरान र मोरक्को- समूह बी
  • पेरु र अस्ट्रेलिया- समूह सी
  • नाइजेरिया र आइसल्याण्ड – समुह डी
  • सर्बिया र क्रोएसिया- समूह ई
  • दक्षिण कोरिया र जर्मनी- समूह एफ
  • ट्युनिसिया र पानामा- समूह जी
  • सेनेगल र पोल्याण्ड- समूह एच

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?

शनिबार (असार १६)

  • फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)
  • उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (असार १७)

  • स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे)
  • क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)

सोमबार (असार १८)

  • ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)
  • बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)

मंगलबार (असार १९)

  • स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
  • कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu