ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्षित समुदायको बजेट कटौती नगर्न सरकारसँग आग्रह


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   ३ : ५०   बजे

काँकडभिट्टा, १६ असार । लक्षित समुदायलाई छुट्याउने बजेट कटौती नगर्न मेचीनगरमा क्रियाशील करीब एक दर्जन महिलावादी संस्थाले स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

आगामी आव २०७५÷०७६ का लागि प्रस्तावित गरेका बजेट, नीति तथा कार्यक्रममा संवैधानिक व्यवस्था अनुरुप लक्षित समुदायलाई छुट्याउने बजेट कटौती नगर्न ती संस्थाले मेचीनगर–९ का वडा कार्यालयलाई आग्रह गरेका हुन् ।

वडा नम्बर–९ ले तयार पारेका प्रस्तावित बजेटमा लक्षित समुदाय (महिला, दलित, अल्पसंख्यक, बालबालिका र सीमान्तकृत) को क्षमता वृद्धिका लागि सरकारले छुट्याउँदै आएको बजेट कटौती गर्न लागेको भन्दै ती संस्थामा संलग्न महिलाले वडाध्यक्षलाई भेटर यससम्बन्धी ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन् ।

वडा नम्बर ९ ले आगामी आवका लागि लक्षित वर्गको बजेट पूरै कटौती गरेको वडा कार्यालयले नै स्वीकारेको छ । वडाको प्रस्तावित कूल रु ७५ लाखको बजेटमा रु २५ लाख सामाजिक शीर्षकअन्तर्गत राखिएको छ ।

संवैधानिक व्यवस्थाअनुरुप कूल रु २५ लाख बराबर १० प्रतिशत लक्षित समुदायलाई बजेट विनियोजन गर्नुपर्ने हुन्छ । तर, वडाले त्यस शीर्षकको बजेट पूरै कटौती गरेर लक्षित समुदायको हितविरुद्ध उभिएको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताउनुभयो ।

उहाँले वडा कार्यालय आफुखुशी अघि बढेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

वडाध्यक्ष गोपाल खड्काले लक्षित वर्गको नाममा रहेको बजेट न्यून भएकाले उक्त बजेट विकास निर्माणमा छुट्याइएको बताउनुभयो । उहाँले धेरै वटा महिलावादी संस्था रहेकाले सो बजेट छुट्याउँदा नपुग्ने हुँदा विकास निर्माणलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

हेर्नुस् के गर्नु बजेट नै कम्ती छ, सबैलाई दिँदा पुग्दैन,” उहाँले भन्नुभयो, “त्यही भएर उक्त शीर्षकको बजेट उपयोगी ठाउँमा विनियोजन गर्नुपरेको हो ।”

महिला संस्थाले बुझाएको ध्यानाकर्षण पत्र नगरपालिकामा जानकारी गराउने र उनीहरुको मागलाई यथोचित सुनुवाइ गरेर अघि बढ्ने अध्यक्ष खड्काले विश्वास व्यक्त गर्नुभयो ।

वडा कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्र मेचीनगर नगरपालिकाका कार्यालयमा समेत बुझाइएको समाज सुधार महिला विकास संस्थाकी अध्यक्ष संगीता थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu