काठमाडौं,१७ असार । अर्जेन्टिना विश्वकप २०१८ बाट बाहिरिएलगत्तै मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।
३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रि–क्वाटर फाइनलबाटै बाहिरियो ।
न्यूज एजेन्सीका अनुसार शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरालागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’
२००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनी हाल चिनियाँ क्लबमा अनुवन्ध छन् ।
प्रतिक्रिया दिनुहोस्