ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ९ : २६   बजे

 unn.prixa.net

काठमाडौं , १९ असार । दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३ – २ गोलले हराएको हो । दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।

रसियाको रोस्तोभ एरिना रंगशालामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।

विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डबिरुद्ध यस्तै नतिजा निकालेको थियो ।

क्वार्टरफाइनल चरणमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ । राती नै भएको खेलमा मेक्सिकोलाई २ – ० गोलले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।

विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा महंगो (खेलाडीको मूल्यका आधारमा) टोली बेल्जियम पहिलो हाफमा भने प्रभावकारी बन्न सकेन । तर उसले जापानलाई दबाबमा राखेको थियो । उसका लागि स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई शानदर मौका खेर फालेका थिए ।

तर, दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे ।
त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरद्ध जापानले दोहोरो अग्रता बनायो ।

सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।

तर, बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो ।
७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासिर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu