ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रहश्यमय बन्दै समिक्षा हत्याकाण्ड


sharan sharan
२५ असार २०७५, सोमबार   ११ : ५१   बजे

बुटवल, २६ असार ।
रुपन्देहीको रुद्रपुरमा गत असार १० गते एकजना किसोरी जलाईएको घटना थप रहश्यमय बन्दै गएको छ । आत्महत्याको जलप दिएर सामसुम पार्न खोजिएको आगजनीको घटना मृतककी आमा बिदेशबाट फर्केपछि भने थप रहश्यमय बन्दै गएको हो ।
असार १० गते राती करिव ३ बजे अज्ञात समुहले एक जना युवती जलाएको खबर सार्वजानीक भएको थियो । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर–५ पिपरीचाँपकी समिक्षा ठकुरी आगजनीमा परेसक थिईन् । जन्म दिने आमा विदेशमा रोजगारीको शिलसिलामा रहेको बेला घरमा हजुर आमा, हजुर बुबा र जुजुहजुर आमा संगै बस्दै आएकी समिक्षालाई सुरुका दिनामा अज्ञात समुहले आगो लगाईदिएको भनिएपनि पछिल्ला दिनहरुमा आगजनीको आरोप घरभित्रै सोझीएको छ ।
घटना घटेको १३ दिनपछि परिवारबाट ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी आएको घटनामा परेकी समिक्षा जलेको ९ दिनपछि कीर्तिपुर अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो । मृतकको आमाको उजुरीका आधारमा प्रहरीले मृतकका बुबा तेजेन्द्र ठकुरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।
जलाइएकी समिक्षालाई आफन्तले १० गते बिहानै लुम्बिनी अञ्चल अस्पतालमा ल्याए पनि उपचार हुन नसकेपछि पाल्पा हुँदै काठमाडौं ‘रीफर’ गरिएको थियो । गत असार २० गते बिहान साढे ६ बजे मृत्यु भएकी समिक्षाको शव पोष्टमार्टमका लागि अहिले पनि शिक्षण अस्पताल काठमाडौंमै राखिएको छ ।
१५ वर्षदेखि मामा घरमा बसेर पढ्दै आएकी समिक्षा गत तिहारपछि मात्र आफ्ना बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाका बुवा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएपछि आफ्नी आमासँगै मामाघर बस्दै आएकी उनले कक्षा १० मा पढ्न बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाकी आमा बैदेशिक रोजगार लागि इराकमा थिईन् । हाल छोरीको घटना भएपछि उनी रुपन्देही आएकी छिन् । मृतकको मामाघर तर्फको आशंकाका आधारमा हजुर आमा हरिमायाँ ठकुरीलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रण अगाडी एबीसीसंग कुरा गर्दै हजुर आमा हरिमायाँ ठकुरीले आगो लागेर बाहिर गल्लीमा पल्टीएको नातीनी(समिक्षा)लाई लुङ्गी(साडी)ले छोपेर आफैले आगो निर्भाईदिएको बताएकी थिईन् ।
समिक्षा जलिरहेका बेला उक्त कोठामा समिक्षाकी जीजु हजुर आमा समेत थिईन् । बृद्ध अवस्थाकी उनी बोल्न सक्छीन् तर कान सुन्दैनन् । उता मृतककी हजुर बुबा दोर्ण बहादुर ठकुरीले आफु माथिल्लो तलामा सुत्दै आएको बताउदै घटना भएको थाहा पाएपछि आफैले अटो रिक्सा बोलाएर अस्पताल पु¥याएको बताउंछन् ।
बैदेशिक रोजगारीको शिलसिलमा साउदी अरब रहेकी आमा मायाँ ठकुरी(थापा) नेपाल आएपछि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको थियो । मृतककी आमा मायाले छोरीको नियोजित रुपमा नै हत्या गरिएको दाबी गर्दै आएकी छिन् ।
मृतक समिक्षाकी सानीमा रचना बुढाथोकीले मृतकले मर्नु अघि हजुर आमाले नै आगो लगाएको भनेर आफुलाई भनेको बयान दिएपछि घटनाले नयां मोड लिएको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले मृतकका आफन्तले कार्यालयमा उजुरी दिएको जानकारी दिदै अनुसन्धान जारीरहेको बाहेक अरु बताउन चाहेनन् ।
समिक्षा हत्याकाण्डका बिषयमा सोमबार बसेको प्रदेशसभाको बैठकमा समेत सभासदहरुले प्रश्न उठाएका थिए । समिक्षालाई जलाईएको बिषय महिला हिंसाको अराजक स्वरुप भन्दै सभासदहरुले कारवाहीको माग गरेका थिए ।
समिक्षा जलेकी हुन् वा जलाईएकी भन्ने बिषयमा प्रहरीले समयमै अनुसन्धान त गर्ने नै छ । घटनाको प्रकृतिले समिक्षा मारिनुमा फेरीपनि बैदेशीक रोजगारीको बाध्यता कारक हो भन्न भने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group