ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस बर्ष प्रदेश नं ५ को आधार बर्ष : मुख्यमन्त्री पोखरेल


bhawani desk
२ श्रावण २०७५, बुधबार   १ : १८   बजे

बर्दिया,२ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले यस बर्षलाई योजना तर्जुमाको बर्षको रुपमा लिएको बताउनु भएको छ । उहाँले अर्को बर्ष देखि योजना कार्यन्वयनको रुपमा अगाडी बढाउने बताउँदै यस बर्षलाई आधार बर्षका रुपमा अगाडी बढाउने निर्णय गरेको बताउनु भएको हो ।

मुक्तकमैया दिवश मनाउनका लागि बर्दियाको गुलरिया आउनु भएका मुख्यमन्त्री पोखरेलले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनु भयो । उहाँले प्रदेश सरकारले यस बर्षमा प्रदेशका नीति नियम र कानुन बनाउनमा खर्च गर्ने र त्यस पछि तिनीहरुको कार्यन्वयन तर्फ अगाडी बढ्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले बर्दिया जिल्लालाई नमुना जिल्ला बनाउने बताउनु भएको छ । प्रदेश नं ५ को पश्चिमको प्रवेशद्धाराको रुपमा बर्दिया जिल्ला भएको बताउँदै मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशमा प्रवेश गर्दा फरक अनुभुती हुने गरेर बर्दियाको विकास गर्ने बताउनु भयो । मुख्य मन्त्री पोखरेलले प्रदेश नं ५का मुख्य प्रवेशद्धारमा प्रदेश कै पहिचान झल्कने र निगरानी सहितका भव्य गेटहरु निर्माण गर्ने बताउनु भयो ।
कमैया मुक्ती भएको लामो समय सम्म पनि मुक्तकमैयाहरु पुर्नस्थापना हुन नसकेको बताउँदै प्रदेश सरकारले पहिलो पटक मुक्त कमैया दिवस मनाउन थालेको बताउनु भयो । कमैयाबाट मुक्तीको सुरुवात गरी कमलरी हलिया लगाएत सम्पुर्ण प्रकारका बधुँवा मजदुरको मुक्त गरीएको बताउँदै उनीहरुको पुर्नस्थापनाका लागि प्रदेश सरकार अगाडी बढिरहेको बताउनु भयो ।

त्यसैगरी मुख्यमन्त्री शंकर पोखरल सहितको टोलीले निर्माण पश्चात हस्तान्तरण नहुँदै भासिएको जब्दीघाटको पुलको समेत निरिक्षण गर्नु भएको छ । उहाँले पुलले बारबर्दिया र गुलरिया नगरपालिका जोखिममा परेको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अविलम्ब अनुसन्धान गरी निकाश निकाल्न आग्रह गर्नु भएको छ । मन्त्री पोखरेलले कृष्णसार संरक्षण क्षेत्रको समेत निरिक्षण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group