ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   १ : ४१   बजे


कीर्तिपुर,१४ साउन । त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ ।

केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत साउन २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो । संशोधित पारिश्रमिक साउन ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।

संशोधित पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्रध्याक्षको लागि ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सयबाट बढाएर ६ सय, पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी ६ सय, निरीक्षकको २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ ।

कम्तिमा २१ जना विद्यार्थी बराबर १ जना निरीक्षकको व्यवस्था हुनेछ । त्यस्तै परीक्षा शाखाहरुमा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँ रहेकोमा अब प्रति सुरक्षाकर्मी रु. एक सय तोकिएको छ । यसैगरी कार्यालय सहयोगीहरुको लागि ७५ रुपैयालाई वृद्धि गरी १ सय ५० रुपैया प्रतिदिन पारिश्रमिक कायम भएको छ ।

यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ । जसमा केन्द्राध्यक्षको ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ ।

यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ । परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा १ सय २५ रुपैयाबाट वृद्धि गरी २ सय ५० रुपैया, सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाबाट वृद्धि गरी एक सय र कार्यालय सहयोगीहरुको लागि ८० रुपैयाबाट वृद्धि गरी १ सय ६० रुपैया पारिश्रमिक कायम गरिएको जनाइएको छ । यो पारिश्रमिक वार्षिक प्रणाली अनुसारको परीक्षामा मात्र लागु हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu