ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग¥यो श्रम मन्त्रालयले बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा


bhawani desk
१४ श्रावण २०७५, सोमबार   ३ : १९   बजे

काठमाडौं,१४ साउन । मुलुकभरका इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य हुने भएको छ । सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल ईट्टा भट्टा उद्योग महासंघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दे इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा गरेका हुन् ।

मन्त्रीपरिषद्बाट हालै स्वीकृत बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजनाको सफल कार्यान्वयनका लागी इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

उक्त गुरुयोजनामा बिक्रम संवत २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त बालश्रम अन्त्य गर्ने तथा २०८२ सम्ममा सबै किसिममा बालश्रम निवारण गर्ने लक्ष्य राखिएको छ । नेपाल ईट्टा भट्टा उद्योग महासंघले उक्त लक्ष्यलाई हासिल गर्नका लागी मुलुकभरका ईट्टा उद्योगमा कुनैपनि प्रकारको बालश्रमको प्रयोग गर्न नपाउने प्रतिवद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले अझै पनि केहि जिम्मेवार क्षेत्रमा बालश्रमको प्रयोग भईरहेको जानकारी आएको भन्दै यस बिषयमा सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । उहाले बालश्रम मुक्त देश निर्माण गर्न सरोकार पक्ष सबैको सहयोग अनिवार्य रहेको धारणा राख्नुभयो ।

त्यस्तै नेपाल ईट्टा भट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्र वहादुर चित्रकारले ईट्टा उद्योगमा बालश्रम अन्त्य गर्न आफुहरुले निकै अघि निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै अव कुनै पनि उद्योगमा बालश्रम राख्न नपाउने निर्णय गरेको जानकारी दिनुभयो ।

हाल मुुलुकभर करिव ११ सय ईट्टा उद्योगहरु सञ्चालनमा छन् भने करिव एकसय १० वटा उद्योगहरु काठमाडौ उपत्यकामा रहेका छन् जसमा अझैपनि सयौं बालबालिकाहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group