ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई


bhawani desk
१४ श्रावण २०७५, सोमबार   ३ : ५४   बजे

विराटनगर, १४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।

गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक सामग्रीको भण्डारण लागि गोदामलगायतका सम्पूर्ण तयारी गरिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले सरकारले प्रदेशमा आइपर्ने विभिन्न जोखिमको न्यूनीकरणका लागि संघीय तथा स्थानीय सरकारको सहयोगमा कार्य गर्ने बताउँदै सम्भावित जोखिम क्षेत्रमा आवश्यक पर्ने जस्तोसुकै सहयोगका लागि तयारी अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश सरकार विपद् व्यवस्थापनका लागि मुख्यमन्त्री प्राकृतिक विपद् सहयोग कोषसमेत खडा गरिएको जानकारी दिँदै प्राकृतिक प्रकोपलगायत अन्य जोखिम व्यवस्थापनका लागि सबै पक्षसँग आवश्यक छलफल गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले २०७२ सालको भूकम्पमा सबै राजनीतिक दल, भातृ संगठन, नागरिक समाज, सञ्चारकर्मीको सहयोगमा विपद् जोखिम न्यूनीकरण गरिएको स्मरण गर्दै बाढी, पहिरोलगायतका सम्भावित जोखिम न्यूनीकरण अभियानमा सचेतना जगाउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असोजदेखि जेठ महिनासम्म जोखिम न्यूनीकरण अभियानको कार्यमा लाग्नुपर्ने बताउँदै स्थानीय निकायले नदी किनारमा घर निर्माणमा रोक लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि बजेट विनियोजन गरी आवश्यक सामग्रीको बन्दोबस्तका साथ व्यवस्थाका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरिनेछ भन्नुभयो ।

सो अवसरमा गृहमन्त्रालयका विपद् महाशाखाका प्रमुख शंकरहरि आचार्य, कानून मन्त्रालयका सचिव समरबहादुर थापा, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने, बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र नेपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष विक्रम लुइँटेलले जोखिमको क्षेत्रको पहिचान गरी आवश्यक सामग्रीका साथ तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group