ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाका लागि राखिएका सिसी क्यामेरा बन्द


bhawani desk
१६ श्रावण २०७५, बुधबार   १ : ३३   बजे

रत्ननगर, १६ साउन। चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर)मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् ।

गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले आर्थिक अभावका कारण सबै क्यामेरा बन्द भएपछि वन्यजन्तुमा हुने क्षति रोक्ने काम चुनौतीपूर्ण बनेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्र टिकौलीमा नियन्त्रण कक्षा बनाएर जडान गरिएको सडक छेउको १० वटै सिसी क्यामेराले वर्षा लागेपछि राम्ररी काम गर्न सकेको छैन । साउनको ४ गतेबाट भने सबै क्यामेरा बन्द नै हुन पुगेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्रका सुवेदार माधव उप्रेती जेनतेन चल्दै आएको सिसी क्यामेरा पैसा नभएर मर्मत गर्न नसक्दा सबै बन्द भएको बताउनुहुन्छ । “हामीलाई सञ्चालनका लागि बजेट आउँदैन, निकुञ्ज र तालले केही हेर्दैन, उप्रेतीले भन्नुभयो, वार्षिक ३५ हजार विद्युत्का लागि भनेर आउँछ कार्यालयकै विद्युत् तिर्न सकिरहेको छैन, सिसीलाई कसरी खर्च गर्नु ।”

करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगल निकुञ्जको चुरे र महाभारत पर्वत जोड्ने कोरिडोर हो । वन्यजन्तुको आवतजावत गर्ने क्षेत्र भएकाले पूर्व–पश्चिम गर्ने सवारीसाधनले हानेर वन्यजन्तु मर्ने क्रम बढेपछि निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको बताउनुहुन्छ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल ।

वर्षामा समस्या हुने भन्दै उहाँले निगरानी जारी रहेको प्रतिक्रिया दिनुभयो । सशस्त्र वन रक्षक नजिक भएकाले उसैलाई निगरानी गर्न भनिएको समेत उहाँ बताउनुहुन्छ ।

दुई वर्षअघि तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा चितवन निकुञ्ज, जिल्ला वन कार्यालय र स्थानीय प्रशासनको पहलमा यहाँ सिसी क्यामेरा जडान गरिएको थियो ।

क्यामेराकै आधारमा प्रहरीले दुर्घटना गराएर भागेको गाडी समाउन सफल भएको थियो भने वन्यजन्तुलाई ठक्कर दिने पाँच÷छ वटा गाडी नियन्त्रणमा लिई कारबाहीसमेत गरिएको थियो । बीचमा पाँच÷छ वटा क्यामेरा नियमित सञ्चालनमा थियो ।

मुख्य राजमार्गको करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगलको राजमार्ग छेउमा क्यामेरा राखिएको थियो । सो क्षेत्रमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ चित्तल, बँदेललगायत ओहोरदोहोर गर्दै आएको छ । वर्षेनी यहाँ गाडीको ठक्करले चित्तल मर्ने गरेको छ । कमजोर निगरानी र सिसी क्यामेरा बन्द हुँदा भने अब सुरक्षा चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group