ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरोकारवालाले सहयोग नगरेको नगरप्रमुख बोहराको गुनासो


bhawani desk
१६ श्रावण २०७५, बुधबार   ६ : ००   बजे


अछाम,१६ साउन । मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले यहाँका सरोकारवालाहरुले नगरपालिकालाई सहयोग नगरेको गुनासो गर्नुभएको छ । मंगलसेन नगरपालिकालाई अबैध घरेलु र कमसल खालको मदिरा मुक्त नगरपालिका बनाउने आफ्नो योजना रहे पनी स्थानीय ब्यापारी, स्थानीय बासिन्दा र स्थानीय राजनितिक दलबाट आफुले सहयोग नपाएको उहाँले गुनासो गर्नु भएको हो ।

स्थानीय निर्बान बाट आफु बिजयी भैसकेपछी २०७४ साल अषाढ २० गते पदबहाली भएकै दिन मंगलसेनलाई शान्त, ब्यबस्थित र सुन्दर नगर बनाउने निर्णय गरेपनी स्थानीय सरोकारवालाको असहयोगका कारण निर्णय कार्यन्वयन हुन नसकेको नगरप्रमुख बोहराले बताउनु भयो ।

“हामीले घरेलु मदिरा र कमसल खालको मदिरा उत्पादन, बिक्रिबितरण र सेवन नगर्न पटक पटक कार्यपालिकाबाट निर्णय गरेका छौ, सुचना जारी गरेका छौ तर हाम्रो निर्णय र सुचनालाई बेवास्था गरी यस्तो खालको मदिरा उत्पादन, बिक्रिबितरण भैरहेको छ अब हामी प्रहरी प्रशासनको सहयोग लिएर भएपनी मदिरा नियन्त्रण गरेरै छाड्छौ” उहाँले भन्नुभयो ।

आफ्नो अनुरोधमा जिल्ला समन्बय समितिमा ३ पटक जिल्लाका सबै स्थानीय तह, राजनितिक दल, जिल्ला प्रहरी, जिल्ला प्रशासन, नागरिक अगुवा र संचारकर्मिहरु बिच मदिरा ब्यवस्थापनका बारेमा छलफल समेत गरिएको नगरप्रमुख बोहराले बताउनु भयो । मंगलसेन नगरपालिकाले मदिरा ब्यबस्थापनका लागी गत असाढ देखी हाल सम्म पटक पटक छलफल गरेको, वडा स्तरमा छलफल तथा निर्णय भएका र सुचना जारी गरिएका भएपनी स्थानीय ब्यापारीहरुले अटेर गरर्दै आईरहेका मंगलसेन नगरपालिका वडा नं ६ का वडाअध्यक्ष जनकाराज भण्डारीले बताउनु भयो ।

नगरपालिकाले मदिरा ऐनअनुसार बिद्यालय, मठमन्दिर, स्वास्यसस्था जस्ता सार्बजनिक स्थानबाट २ सय मिटर टाढा मात्र अनुमती प्राप्त ब्यवशायीले मदिराको कारोबार गर्न भनेपनी मदिरा ब्यापारीहरुले अटेर गरिरहेका जनप्रतिनिधिहरुले गुनासो गरेका छन ।

अहिले पनी मंगलसेन नगरपालिकाका बिभिन्न ठाँउमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण भैरहेको र कतिपय ब्यवशायीले अनुमती नलिएरै अबैधरुपमा मदिराको कारोबार भैरहेको नगरपालिकाले जनाएको छ ।

२०४३ सालमा अछामका नागरिक अगुवा, राजनितिक दलको पहलमा मन्त्रीपरिषदको बैठकबाटै मदिरा निषेधित गरिएको भएपनी २०६८ सालमा अछामका ब्यपारी, अछाम उद्योग बाणिज्य संघ र केही राजनितिक दलको अगुवाईमा अछाममा मदिरा खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group