ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुनको धज्जी उडाउदै बिनोद चौधरी


bhawani desk
१७ श्रावण २०७५, बिहिबार   १० : २५   बजे

 

कावासोती,१७ साउन । उद्योगपति बिनोद चौधरीले कानुनको धज्जी उडाउदै नवलपरासीको देबचुलिमा गुरुकुल स्कुल सञ्चालन गरेको खुलेको छ । चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भन्दा माथिलो कक्षा पनि सञ्चालन गरेको खुलेको हो ।

नेपालि काग्रेसबाट समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य समेत भएका उद्योगपति बिनोद चौधरीले यसरी कानुनको धज्जी उडाउदै पंहुचको आधारमा स्कुल खोलेको स्थानियले आरोप लगाएका छन् ।

विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा समेत लिने गरीएको भएपनि नेपालका एक मात्र अरबपती बिनोद चौधरीले उत्पादन गर्ने बियर कम्पनी सगै यसरी विद्यालय खोल्नु कानुन विपरीत रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताएका छन् ।

उनले भने बियर उद्योगले विद्यार्थिहरुमा असर पार्न हुदैन् त्यस्तो भए त्यो कानुन विपरीत छ । त्यस्तै उक्त्त गुरुकुलले कक्षा ६ र ७ को मात्र अनुमती लिई कक्षा ८ पनि सञ्चालन गरेको खुलेको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख पोख्रेलका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमती लिएकोले अन्य कक्षा सञ्चालन गर्ने नपाउने बताएका छन् ।

यता उक्त्त वैदिक कर्मकाण्ड गुरुकुलले भने कक्षा ६ देखि ८ कक्षा सम्म बिद्यार्थिहरुलाई अध्यापन गराउने गरेको सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले बताएका छन् ।

उनका अनुसार आफुहरुले कक्षा ८ सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् ।

तर जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्ण पोख्रेलका अनुसार मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने बताएका छन् । उनले जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले दिएको अनुमती बेगर कुनै अन्य कक्षा सञ्चालन गर्न नपाउने बताएका छन् ।

देबचुलि नगरपालिका नगर शिक्षा अधिकृत मोती प्रसाद रिजालको अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले पहिले कक्षा ६ र ७ कक्षा जिल्ला शिक्षाबाट अनुमती पाएको र अहिले कक्षा ८ सञ्चालनको लागी नगरशिक्षा कार्यालय देबचुलिमा निबेदन दिएको बताएका छन् ।

पहिले कसले अनुमती दिएको हो त्यो हामीलाई थाहा भएन तर अब अनुमती दिदा त्यस क्षेत्रको भौतीक , सामाजिक र अन्य शिक्षाको विधि पुगे मात्र अनुमती दिने बताएका छन् । अहिले उक्त्त गुरुकुलमा ब्यवाहारीकरुपमा हेर्दा जुन ठाँउमा पढाई भएको छ उक्त्त स्थान पठनपाठनको लागी उपयुक्त्त नभएको नगरशिक्षा प्रमुख मोती प्रसाद रिजालले बताए ।

यता सिजी शाश्वत धामका सिओ नारायण श्रेष्ठका अनुसार सिजी शाश्वत धाम मार्फत सञ्चालित वैद्धिक कर्मकाण्ड गुरुकुल स्कुलले कुनै पनि कानुन विपरीतको कार्य नगरेको बताएका छन् । उनले कुनै आर्थिक लाभको लागी गुरुकुल नखोलिएको भन्दै यस्तो कानुन विपरीत कार्य नगरेको जनाएका छन् ।

सिजी शाश्वत धाम र वैदिक कर्मकाण्ड गुरुकुल स्कुल नाफा रहित संस्था भएको कारण यो कानुन पुग्यो ,त्यो कानुन पुगेन भन्नु अर्थ नहुने सिओ श्रेष्ठले बताए । अझ देबचुलि नगरपालिकालाई आउदो भदौ २९ गते बाल मौत्रि नगरपालिका घोषण गर्ने तयारी छ ।

स्थानिय बासिन्दा बसन्त पोख्रेलले सिजी शाश्वत धाम मार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलमा हुने पढाई बाल मौत्री नभएको कारणले पनि देबचुलि नगरपालिकालाई बाल मौत्रि नगर घोषण गर्ने समस्या हुने बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले आज मात्रै जिल्ला शिक्षा ईकाइ कार्यालय स्थापना भएको र यस बिषयमा पहिले पनि कुरा आएकोले तत्कालै अनुगमन हुने बताएका छन् ।

उनले सबै ब्यक्त्ति , संस्था कानुनको दायरामा रहनुपर्ने हुन्छ । उक्त्त गुरुकुलको तत्कालनै शिक्षा ईकाइ मार्फत अनुगमन गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group