ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माग्यो अखिल क्रान्तिकारीले पदाधिकारीको राजिनामा


एबीसी न्यूज
२१ श्रावण २०७५, सोमबार   १२ : ११   बजे

 


काठमाडौं,२१ साउन । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

“पारदर्शी र ब्यबस्थित रुपमा प्रवेश परीक्षा सञ्चाल गर्ने हैसियत नराख्ने सिटिइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं ।

निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको बर्गिकृत छात्रबृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् ।

विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक बिकले विज्ञप्तिमा भनेका छन्, “प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।”

संयोजक बिकले राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् ।
सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो । यस्तो छ विज्ञप्ति

press stat. akhil krantikar 4-21 (1)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu