ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दिया निकुञ्ज पर्यटकको आकर्षक गन्तव्य


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   २ : २२   बजे

बर्दिया, २५ साउन ।  माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेको उक्त ताललाई सत्खुलवा ताल भनिएको हो ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थान ओगटेको तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समयमा र चैत, वैशाखको खडेरीमा जंगली जनावरको तिर्खा मेट्न तालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

ताल संरक्षण समितिले विसं २०७२ देखि तालमा सयर गर्नाका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगाको प्रयोग हुनथालेपछि अहिलेसम्म करीब १० हजार पर्यटकले डुंगाको प्रयोग गरिसकेका छन् । ताल हेर्न रु १० र डुंगा चढ्न रु २५ तिर्नुपर्छ ।

ताल संरक्षण समितिका सचिव राजकुमार थारुले पर्यटकबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरेको बताउनुभयो । भर्खर संरक्षणको शुरुआत गरिएको सो तालमा रैथाने चराका साथै आगन्तुक चराको संख्या बढ्दै गएको संरक्षणकर्मी सुनील चापागाईंले जानकारी दिनुभयो ।

ताल जैविक विविधताका हिसाबले महत्पूर्ण रहेको र मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जंगली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान भएकाले यसमा रैथाने र आगन्तुक चराको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो ।

राजमार्गको नजिकै भएका कारण निकुञ्ज घुम्न आउने पर्यटक यस तालमा घुम्न जाने गर्दछन् । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीयाममा पानी खान आउने जनावर सजिलै हेर्न पाउने हुँदा यो तालप्रति सबैको आकर्षण बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu