ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले भारतसंगको सम्वन्ध मित्रताको उच्च विन्दुमा : प्रदीप ज्ञावली


ABC NEWS
२६ श्रावण २०७५, शनिबार   ९ : ०४   बजे


काठमाडौं २६ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले अहिले नेपाल भारतबीच मित्रताको सम्वन्ध उच्च विन्दुमा रहेको दाबी गरेका छन्। एबीसी न्युजको कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै मन्त्री ज्ञावलीले भने अब भारतसंग कुनै समस्या छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा जुलाई महिनाभित्र गर्ने भनिएको ट्रास्पोर्ट एण्डट्रान्जित ट्रिटीको प्रोटोकलमा हस्ताक्षर हुन प्राविधक अध्ययनका कारणले ढिलाई भएको मन्त्री ज्ञावलीले स्पष्टीकरण दिए । त्यो प्रोटोकलमा हस्ताक्षर हुने अझै डेढ महिना लाग्न सक्ने उनको बुझाई छ ।
नेपालले विदेश नीतिका ४ वटा आयाम तय गरेको बताउंदै ज्ञावलीले भने छिमेक, विकास साझेदार मुलुकहरु, श्रम गन्तव्यका देशहरु र संयुक्त राष्ट्रसंघ सम्वन्धित देश र सस्थाहरुको सम्वन्ध मजबुत बनाउने हाम्रो प्राथामिकता हो । ज्ञावलीका अनुसार अब नेपालले आक्रमक विदेश नीति अवलम्वन गर्दछ ।
सरकारको काम कारबाहीका बारेमा असन्तोष बढेको बारेमा मन्त्री ज्ञावलीले भने एक वर्ष पूरा हुंदा कसैले पनि विरोध गर्न नपर्ने अवस्था सिर्जना गर्ने दावी गरे ।
अहिले कतिपय मानिसले रेलको कुरा पानी जहाजको कुराप्रति बढ्तै आक्रोश पोखेका छन् । त्यसको उद्धेश्य नेपालको परनिर्भरता हट्ने अभियानबाट उनीहरु आत्तिएका छन् । नेपालमा अहिले पनि भारत र चीनबाट ट्रक त आइरहेकै छन् । तिनमा के भरेर पठाइएको छ र रेलमा के हाल्ने भन्ने प्रश्न गर्ने भन्दै मन्त्री ज्ञावलीले नेपाल सरकारको दुवै देशसंगको रेल कनेक्टिभीटी उच्च प्राथामिकतामा रहेको स्पष्ट गरे ।
मन्त्री ज्ञावलीसंगको अन्तर्वार्ता आज राती ९ बजे एबीसी न्यूजमा प्रसारण छ । यसको पुन प्रसारण आइतबार विहान ८ बजे र दिउंसो २ बजे हुनेछ । यो अन्तर्वार्ता फेसबुकको Facebook.com/abc television nepal र युट्युवको Youtube.com/abcnews nepal पनि उपलव्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu