ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको शव नजलाइने


bhawani desk
२६ श्रावण २०७५, शनिबार   ११ : २२   बजे

काठमाडौं ,२६ साउन । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि काठमाडौंको मण्डिखाटारमा राखिएको छ ।

दाहालकी श्रीमती सुदा र आमाले सेतो कपडा ओढाएपछि उहाँको शव श्रद्धाञ्जलीको लागि राखिएको हो । श्रद्धाञ्जलीको लागि दुई घण्टा घरमा राखेपछि दाहालको इच्छा अनुसार नै दिउँसो १२ बजे उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गर्ने तयारी छ ।

यस्तै श्रद्धाञ्जलीमा राखिएको दाहालको शवमा अबिर र फूलमाला नचढाउन पनि आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको उनीहरुले बताएका छन् ।

गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । लडेपछि उहाँको टाउको रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उहाँको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।

दुई दिन काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उहाँलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उहाँको सुमेरु अस्पतालमा हिजो निधन भएको हो ।

२०५७ साल फागुनमा दुवै मृर्गौलाले काम नगरेपछि दाहालले मृर्गौला फेर्नुभएको थियो । तर फेरिएको मृर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उहाँले नियमित डायलाइसिस गराउँदै आउनुभएको थियो । उहाँले केही समययता हप्तामा तीन दिन डायलाइसिस गराउने गर्नुभएको थियो ।

नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित दाहाल यज्ञनिधि २०१० सालमा खोटाङको खाल्लेमा जन्मनुभएको थियो । रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्छ । २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा त्यो कार्यक्रम चलाउनुभयो ।

रेडियो नेपालमा २०३४ साल कात्तिक ११ गतेदेखि औपचारिक करार सेवा सुरु गरेका दाहाल यज्ञनिधिले ०५७ साल असार मसान्तसम्म रेडियो नेपालमा करारमा जागिर खानुभयो । २३ वर्षसम्म “जदौ” भन्दै रेडियो नेपालमा उद्घोषण गरेका दाहालले ‘साहित्य संसार’, ‘प्रवासका कुरा’, ‘हाम्रो संस्कृति’ ‘हाम्रो परम्परा’जस्ता कार्यक्रम चलाउनुभयो । ६५ वर्षका दाहाल काठमाडौंको मण्डिखाटारमा रहेको घरमा आमा र श्रीमतीसँग बस्दै आउनुभएको थियो ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई विस्तार गर्नुभएका साहित्यकार दाहाल यज्ञनिधिको ‘जदौका निबन्ध’ नामको एकमात्र कृति प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group