ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश बनाउने संकल्प गरौं; मन्त्री बाँस्कोटा


bhawani desk
२६ श्रावण २०७५, शनिबार   २ : ५९   बजे

बनेपा, २६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ ।

आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो ।

उहाँले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसँग जोडिने कुरा भएकाले हेर्दा सामान्य भए पनि ठूलो अर्थ रहने बताउनुभयो ।

कलाकार हरिवंश आचार्यले विपत् प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैँले सुरक्षित व्यवस्थापन गर्न नसक्दा पनि आउने गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group