ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशको विकासका लागि विज्ञहरूको बहस


एबीसी न्यूज
३१ भदौ २०७५, आइतबार   ६ : ०६   बजे

काठमाडौँ, ३१ भाद्र ।  कर्णाली प्रदेशको विकासका लागि विज्ञहरूको बीचमा घनिभूत बहस भएको छ । शनिवार रूपान्तरण नेपालद्वारा आयोजित “कर्णाली प्रदेशको विकाससम्बन्धी बहस कार्यक्रम” अन्नपूर्ण चुलो, काठमाडौंमा सम्पन्न भएको छ ।

बहस कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटनको सम्भावना र चुनौंती विषयमा कार्यपत्र प्रा।डा। नन्दबहादुर सिंहले, क्षेत्रिय विकासको रणनीतिक योजनासम्बन्धी कार्यपत्र क्षेत्रिय विकास विज्ञ योगेन्द्र शाहीले र कृषि र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी कार्यपत्र कृषि विज्ञ डा। सर्वराज खड्काले प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्यपत्रमाथी राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूगोलविद् प्रा।डा। कविप्रसाद पोखरेल, पर्यटनविद् पदम भण्डारी र विकास विज्ञ डा। दिपेन्द्र रोकायाले टिप्पणी सहित आफ्नो विचार राख्नु भएको थियो । त्यस्तै विज्ञहरूले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथी कर्णाली प्रदेश सभाका सदस्य धर्मराज रेग्मी, पूर्व राज्य मन्त्री कुन्ती शाही, सङ्घीय सांसद पार्वती विशुन्खे, पूर्व पर्यटन मन्त्री एवम् कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, पूर्व पर्यटनमन्त्री एवम् कर्णाली प्रदेश सभाका सदस्य यामलाल कँडेल, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीलगायतले समिक्षात्मक विचार व्यक्त गर्नु भएको थियो ।

बहस कार्यक्रम अर्थ मन्त्रालयका पूर्व प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । आयोजक संस्था रूपान्तरण नेपालका तर्फबाट कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै संस्थाका अध्यक्ष मोहन शाहीले यही कार्यक्रममा आधारित भई कर्णाली प्रदेशको विकास सम्बन्धी विशेषाङ्कका रूपमा अर्धप्राज्ञिक एवम् अर्धवार्षिक जर्नल “मान्नमी” को यो अङ्क प्रकाशन गरिने कुरा बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै परीक्षा स्थगित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

Flash Flooding Causes Widespread Damage in Nepal’s Devighat

Nepal Intensifies Rescue Efforts After Deadly Bhotekoshi River Flash Flood

Nine Mahottari Residents Missing After Rasuwa Flash Flood

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu