काठमाडौं,६असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले छिटो भन्दा छिटो मुलुकलाई आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढाउन सरकारलाई दवाव दिनुपर्ने बताउनुभएको छ ।
सहिद अजवलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको सहिदका सपना र सहिदको दायित्व विषय अन्तक्र्रिया कार्यक्रममा नेता खनालले मुलुकका लोकतान्त्रीक संविधान जारी भईसकेको भन्दै अब मुलुकको विकासका लागी जनताले सरकारलाई दवाव दिनुपर्ने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले जनताले दिएको मतलाई खेर फाले सहिदको अपमान ठहरिने भन्दै गम्भीर भएर सोच्ने बेला आएको धारणा राख्नुभयो ।
देशमा पुर्वाधार निर्माण गर्नुपर्ने , बिभिन्न राजमार्ग , रेल मार्ग , उत्तर दक्षिण करिडोर लगाएतका पूर्वाधार छिटो भन्दा छिटो बनाउनुपर्ने उहाले बताउनुभयो । खनालले भारत र चीन दुबैतर्फको ट्रान्जिटलाई उपयोग गर्दे मुलुकको विकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा नेता प्रभु साह , लगाएका नेताहरुले मुलुकको परिवर्तका लागी सहिदहरुको भूमिकाका बिषयमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्