ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ: सभामुख महरा


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ५ : ३९   बजे

काठमाडौं,७ असोज । सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा नेपाल टेलिभिजनको अग्रणी भूमिका रहेको चर्चा गर्नुभयो ।

राष्ट्रिय प्रसारण केन्द्रका रुपमा नेपाल टेलिभिजनले काम गरिराखेको चर्चा गर्दै उहाँले अगामी दिनमा यसको थप प्रभावकारिता वृद्धि हुँदै जानेछ भन्नुभयो ।

सभामुख महराले पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन हुने जानकारी दिँदै यस कार्यमा सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ इतिहास रचना गर्दा आउने जोखिमलाई सामाना गर्न सकिएमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्र विभिन्न किसिमबाट जोखिममा पर्ने चर्चा गर्दै जोखिममा परेका अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनलाई संशोधन गर्न माग गर्दै महासङ्घले पेशागत मर्यादा र हकहितका पक्षमा निरन्तर पैरवी गर्र्दै आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार एवं पुरस्कार छनोट समितिका संयोजक ध्रुवहरि अधिकारीले पुरस्कारका प्राप्तिका लागि दश वटा सामग्री प्राप्त भएकामध्ये विषयवस्तु, प्रस्तुति, सूचना तथा जोखिमका आधारमा उत्कृष्ट एक चयन गरिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टेकबहादुर खड्का, सचिव रविचन्द्र पराजुली, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल टेलिभिज कर्मचारी सङ्घका उपाध्यक्ष हेमप्रसाद घिमिरेले स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहका योगदानमाथि चर्चा गर्नुभएको थियो ।

पुरस्कार तथा सम्मान

कार्यक्रममा यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल, वरिष्ठ सहायक क्यामराम्यान शिव पँगेनी तथा सप्तरी संवाददाता श्यामसुन्दर यादवलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु ५१ हजारसहित प्रमाणपत्र रहेको छ ।

तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित उहाँहरुको विसं २०६३ असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपा गौतम, अपरेशन महाशाखा निर्देशक रेणु थापा, कार्यकारी समाचार सम्पादक नवराज पोखरेल र वरिष्ठ भाषाविद् बाबुराम तिमिल्सिनालाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा कार्यकारी समाचार सम्पादक पुष्पहरि क्याम्पाराई सम्मान गरिनाका साथै प्रतिष्ठानद्वारा स्थापित शशि चालिसे स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ क्यामराम्यान पुरुषोत्तम घिमिरे, जयप्रकाश चौधरी स्मृति पत्रकारिता पुरस्कार सङ्गीता पन्त र वीरेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार दृश्य सम्पादक शतिश कोइराललाई प्रदान गरिएको थियो ।

ती पुरस्कारको राशि रु पाँच हजारसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत समाचार सम्पादक पौडेलले टेलिभिजन पत्रकारिता चुनौती बन्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu