ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैन: मन्त्री बस्नेत


bhawani desk
७ आश्विन २०७५, आइतबार   ५ : ४६   बजे

काठमाडौं,७ असोज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उहाँले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “दुवै मन्त्रालयको समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले मुलुकको आवश्यकताले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनु परेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । “मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा पुगेकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको हो” उहाँले भन्नुभयो ।

विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उहाँले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफू सचेत र स्पष्ट रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

“विमानस्थल बन्नुपर्छ, त्यो न्यूनतम वातावरणीय क्षतिमा हुनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा सरकारको स्पष्ट दृष्टिकोण छ ।” सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वातावरण र विकासलाई एकअर्काका विरोधी पक्षका रुपमा नभई पूरकका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ वातावरण संरक्षणकर्मीको निधन भएको थियो । सोही दिनको सम्झनामा वन मन्त्रालयले हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group