काठमाडौं, ८ असोज । दशैंका लागि भोलिबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बसेको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका रहेका थिए ।
सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको बताइएको छ ।
रोजगारी, पढाइ लगायतको शिलशीलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किने गरेका छन ।
प्रतिक्रिया दिनुहोस्