काठमाडौं,८ असोज । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।
पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै परिवारले सडक आन्दोलनको घोषणा समेत गरेको छ ।
मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।
मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् । मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् ।
चाडो भन्दा चाडो आफनो छोराको हत्यारालाई पक्राउ गरी कानुनको कठघेरमा उभ्याउन सरकारसंग परिवारले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्