काठमाडौ,१० असोज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंगापुर जाँदैछन् । उनी श्रीमती सीताको फलोअप उपचारका लागि त्यसतर्फ जान लागेका हुन्।
अध्यक्ष प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत जाने भएका छन । अल्जाइमरबाट पीडित दाहालको गत असारमा सिंगापुरमा उपचार भएको थियो ।
नेपालमा उपचार सम्भव नभएपछि सीताको भारतमा उपचार गराइएको थियो । तर, त्यहाँ पनि सुधार नभएपछ सिंगापुर लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्