ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ : सभामुख महरा


bhawani desk
१० आश्विन २०७५, बुधबार   २ : ४१   बजे

 चितवन, १० असोज । सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको मात्र नभएर यस अस्पताललाई अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सभामुख महराले चीन सरकारको सहयोगमा बनेको यस अस्पतालमा उपचारसँगै अध्ययन अनुसन्धान, पठनपाठनसमेत गराउनुपर्ने बताउनुभयो ।

क्यान्सर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न आफूले पहल गर्ने बताउनुभयो । सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पताल विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभामुख महराले भन्नुभयो, “विकास निर्माण, देशव्यापी रुपमा भएका सामाजिक, सांस्कृतिक विकृति, विसङ्गतिका कुरा पनि छन्, यसप्रति संसद् असाध्यै सतर्क छ, ती विषयलाई ध्यानाकर्षण गर्न मेरो तर्फबाट कुनै कसर बाँकी हुने छैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अस्पताललाई नमूना बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशीसमेत उपचार गर्न आउने यस अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेल, अस्पतालका निवर्तमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा अस्पताललाई उल्लेखनीय योगदान पु¥याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेसहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।

विसं २०५७ असोज १० गतेबाट औपचारिक रुपमा सेवा दिन थालेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया सञ्चालनमा रहेको कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले बताउनुभयो । नेपालमा क्यान्सर अस्पताल स्थापना भएको आजको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group