काठमाडौं २१ असोज । त्रिभुवन विश्व विद्यालयमा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पुस्तिका नै गायब भएको छ । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण उत्तर पुस्तिका नै गायब भएको हो ।
नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन । २०७४ सालमा भएको बिबीएस तेस्रो वर्षको लागि नेपालको कर प्रणालीको विषयका सबै उत्तर पुस्तिका गायब भएको त्रिविविले जनाएको छ ।
तर कसरी गायब भए भन्ने बारे त्रिविविले आधिकारिक धारणा सार्वजनिक गरेका छैन भने, उत्तर पुस्तिका गायब भएको वा नष्ट भएको भन्ने बारेमा पनि खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्