ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको गौरीघाटमा छठ पर्वको थालियो भव्य तयारी


admin
२५ कार्तिक २०७५, आइतबार   २ : २४   बजे

काठमाडौं,२५ कात्तिक । चार दिनसम्म मनाईने छठ पर्व आईतबारदेखि सुरु भएको छ ।प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरु भएको हो ।

यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको तयारीका कामलाई तीव्रता दिइएको छ । रानी पोखरी भूकम्पले ध्वस्त बनाएपछि छठ पर्व मनाउन यस वर्ष काठमाडौंको गौरीघाटमा तयारीको कामलाई तीव्रता दिइएको हो ।

आज बेलुकासम्म सम्पन्न हुने गरी छठ घाट, पोखरी, टेन्टलगायतका निर्माणको कामलाई तीव्रता दिइएको छठ व्यवस्थापन समितिका सदस्य किरणकुमार दासले जानकारी दिनु भयो । २ वटा डोजर प्रयोग गरेर त्यहाँ छठी माईको पुजाका लागि पोखरी निर्माणको काम गरिएको छ ।

त्यसैगरी श्रद्धालु भक्तजनहरुलाई पूजाआजामा सहज बनाउन टेन्टको पनि व्यवस्था गरिँदैछ । पूजाका लागि पोखरीमा पूलको समेत व्यवस्था गर्न लागिएको पनि समितिका सदस्य दासले बताउनु भयो । स्थानीय र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको छठ घाटको तयारीको कामलाई स्थानीयको अगुवाईमा तीव्रता दिइएको छ । बेलुकासम्ममा सबै काम सम्पन्न गरिसक्ने समितिको योजना छ ।

बाइट…किरणकुमार दास, सदस्य, गौरीघाट छठ व्यवस्थापन समिति

समितिले भक्तजनहरुलाई पुजाआजाका लागि सहज बनाउन प्रहरी, स्काउट र स्वयम्सेवकहरु परिचालन गर्ने पनि जनाएको छ । विगतमा भन्दा २० प्रतिशत बढि भक्तजनहरु सहभागी हुने अनुमान गर्दै समितिले त्यसका लागि पनि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौंको कमल पोखरी, गहना पोखरी, थापाथलीलगायतका स्थानमा पनि छठ पर्व मनाउने गरिन्छ । विशेषगरी नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व राजधानी काठमाडौं र देशका मुख्यमुख्य सहरमा पनि धुमधामका साथ मनाउन सुरु गरिएको छ । यसै अवसर पारेर मंगलबार सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group