ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड


admin
१ पुस २०७५, आइतबार   ६ : २९   बजे

चितवन, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ ।”

भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एवं विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी रहेको तथा यहाँका जनताको मनोबल उच्च रहेको भन्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका काममा सबैले दिल खोलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

जिल्लामा सडक कालोपत्रेसँगै तटबन्ध सहितको चक्रपथ निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उहाँले तल्लो तहबाट निगरानी राख्न आग्रह गर्नुभयो ।

गत निर्वाचनको समयमा सडकको धुलोमा हिड्नु परेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म यो समस्या भोग्नु नपर्ने बताउनुभयो ।

आफू चितवन क्षेत्र नं ३ को सांसद मात्रै नभएर देशको पूर्वप्रधानमन्त्री, पार्टीको अध्यक्ष, संविधान निर्माण, निर्वाचन प्रक्रिया र सिङ्गो देशको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भएकाले देशभर नै विकास र समृद्धि ल्याउन लागि परेको बताउनुभयो । सो विद्यालय निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने भन्दै उहाँले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले चितवनका जनताले आफ्नो प्रतिनिधिको महत्व बुझे पुग्ने बताउँदै उहाँले पानी, सडक, चक्रपथ लगायतका विकास निर्माणको चिन्ताबाट माथि उठेर केन्द्रबाट आएको बजेटको सही सदुपयोग गर्न आग्रह गर्नुभया । पाँच वर्षमा चितवन देशकै नमूना जिल्ला बन्ने महासचिव पौडेलले बताउनुभयो ।

महायज्ञ आयोजक समितिका संयोजक नारायणप्रसाद आचार्य, बलराम सापकोटा, चिरञ्जीवि पोखरेल, पण्डित बालयोगेश्वर महाराज, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपाने, वडाअध्यक्ष चित्रसेन अधिकारी लगायतले विद्यालयको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । पुस ९ गतेसम्म चल्ने सो महायज्ञबाट रु पाँच करोड सङ्कलन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group