ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहासमै बालियो सरकार भए पनि जनादेश अनुरुप काम गर्न सकेन – वरिष्ठ नेता रामचन्द्र पौडेल


एबीसी न्यूज
१४ पुस २०७५, शनिबार   ८ : ५३   बजे

काठमाडौं, १४ पुस ।  नेपाली कांग्रेस महासमितिको बैठक केही दिन अघि मात्रै सम्पन्न भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट पार्टीमा एकताको भाव बढेको दाबी गरेका छन् । पौडेलले वर्तमान सरकार विना योजना र प्रतिवद्धता अघि बढेकोले असफल हुने पनि टिप्पणी छन् ।

नेपाली राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली र सबैभन्दा धेरै समय शासनसत्ता सम्हालेको पार्टी नेपाली कांग्रेस हो । इतिहासमा दर्विलो प्रस्तुती कायम गरेको कांग्रेस अहिले संघीय संसदमा भने सानो दलको प्रमुख प्रतिपक्षी हैसियतमा सीमित छ । पार्टीभित्रका गुट उपगुट र व्यक्तिवादी कार्यशैलीकै कारण कांग्रेसले हार व्यहोर्नु परेको हो ।

तर, भर्खरै सम्पन्न महासमिति बैठकमा कांग्रेसले आफ्नो निर्मम समीक्षा गर्न सकेन । बरु, गुटहरुबीचको विवादले मारामुंग्रीकै अवस्था समेत निम्त्यायो । तर, अन्त्यमा केन्द्रीय पदाधिकारीमा भागवण्डा मिलाउंदै अस्थायी युद्धविराम भयो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महसमिति बैठकले एकताको सन्देश दिएको दाबी गरेका छन् । एबीसी न्यूजको शनिवार राति प्रसारण हुने आउटलुक कार्यक्रममा शुभशंकर कंडेलसंग कुरा गर्दै नेता पौडेलले महासमिति बैठकले पार्टीलाई अघि बढाउन बाटो खोलेको बताए ।

पौडेलले वर्तमान सरकारको कार्यशैली विरुद्ध पनि जमेरै कुरा गरे । पौडेलले योजनावद्ध तरिकाले विकास र समृद्धिको बाटोमा जानुपर्नेमा सरकार हावादारी गफमै सीमित भएको टिप्पणी गरे । नेपालको ईतिहासमै बालियो सरकार भए पनि जनादेश अनुरुप काम गर्न नसकेको नेता पौडेले आरोप लगाए ।

कांग्रेस वरिष्ठ नेता पौडेलले नेपाल धेरै सम्भावना भएको मुलुक भएकाले उर्जा क्षेत्रमा मात्र कमिशनको खेललाई रोकी राम्रो विकास गर्न सकेमा आर्थिक विकास गर्न सक्ने जिकिर गरे ।
सरकार सामाजिक सुरक्षा र सामाजिक न्यायमा गम्भीर हुन नसकेको आरोप लगाउदै उनले जनताको पक्षमा सरकारको ध्यान जानुपर्ने धारणा राखे ।

पहिले जमिन्दार र जमिन नभएको समुहको विभेद हुने गरेको स्मरण गर्दै नेता पौडेलले गुणस्तरीय शिक्षा र स्वाथ्यको पहुंच हुने र नहुने समुह बीचमा विभेद रहेको बताए । पौडेलले यो विभेदको अन्त्य गर्न सरकारलाई सुझाव पनि दिए । उनले नेपालको समृद्धि र विकासको लागि पार्टी र दलको सिद्धान्त भन्दा माथि उठेर सबैले समाज विकासमा योजनबद्ध लाग्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu