काठमाण्डौं ५, असोज । निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैया मुल्य बराबर पर्ने गाडी खरीद गर्ने भएको छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट दिने सहमति जनाएको छ । आयोगले नयाँ गाडी किन्नका लागि अहिले अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट मागेको छ । जस अनुसार प्रति गाडिको मुल्य २ करोड ३२ लाख रुपैया पर्न आउछ ।
खरिद गर्न लागिएका गाडि एसयुभी (स्पोटर्स युटिलीटी भेइकल) मोडलको हुने छ । स्थानीय तहको मौका छोपेर आयोगले सरकारलाई नयाँ गाडि खरिद गर्न दबाब दिएको थियो । नयाँ गाडी खरिद आवश्यक नभए पनि सरकारको दबाबमा अर्थले पहिले नै सहमति दिएकाले बजेट रोक्न नसकिने अर्थका एक अधिकारीले बताएका छन् ।
आयोगले उठाएको यो मागको चौतर्फी आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस्