ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष प्रचण्ड


admin
२५ पुस २०७५, बुधबार   ७ : १४   बजे

चितवन, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनुभएको छ ।

चितवन महोत्सवको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । मुलुकमा विकास हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उठ्नु प¥यो, जनता समृद्ध हुनु प¥यो, जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ, लिबरल इकोनमिकबाट गरे पनि हुन्छ ।”

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ ।”

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या रहेको उहाँले बताउनुभयो ।

राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ ।” उहाँले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाका रुपमा विकास गर्न सक्छौँ भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गर्नुभएको थियो । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

गणेशस्थान निर्माण स्थलको निरीक्षण 

पूर्वप्रधानमन्त्री दाहालले भरतपुरको गणेशस्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । सो स्थलको आज बिहान स्थलगत निरीक्षणपछि उहाँले राम्रो पर्यटकीयस्थल बन्न सक्ने बताउनुभएको हो ।

उहाँसँगै सो स्थल पुग्नुभएका प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार दाहालले शहरको नजीक सुन्दर स्थल रहेको भन्दै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न सक्ने बताउनुभयो ।

अध्यक्ष दाहाललाई उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “उहाँले यो ठाउँ धेरै राम्रो हुन्छ, तपार्इं अगाडि बढ्नुहोस् म के सहयोग गर्नुपर्छ गर्छु ।” उहाँले स्थानीयस्तरबाटै सक्रिय भएर निर्माण गरिने यस्ता परियोजनालाई पर्यावरणसँगै पर्यटन विकासमा समेत नयाँ आयाम थप्ने बताउनु भएको थियो ।

प्रदेश सभा सदस्य सुवेदी, गणेशस्थान संरक्षण समितिका अध्यक्ष दिनेश चुके, भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी लगायतले गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न लागिएको जानकारी गराउनु भएको थियो । सो ठाउँलाई गणेशधाम निर्माणका लागि गुरुयोजना र विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । धाम निर्माणका लागि करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ ।

हालै मात्रै महायज्ञ आयोजना गरी रु ११ करोड सङ्कलन गरिएको थियो । सो ठाउँमा तलाउ, पार्क, मन्दिर, गणेशको मूर्ति लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group