ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीत लहरका कारण ज्यान नजाओस् : प्रधानमन्त्री ओली


admin
२६ पुस २०७५, बिहिबार   ५ : २६   बजे

 

काठमाडौं,२६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा शीत लहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले तराईमा शीत लहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनु अघिनै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको पनि स्पष्ट पारे ।

उनले कुनै पनि नेपालीले भोकभोकै बस्नु नपर्ने पनि दोहो¥याए । ओलीले रोजगारीको अवसर सृजनाका लागि सरकारले देशका सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेको, पछाडि परेका जिल्लाहरुको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाइएको पनि स्मरण गराएका छन ।

सरकारले मुलुकको समृद्धिका लागि उल्लेख्य कदम चालेको र त्यसको परिणाम आउनेक्रम सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरे ।

२ सय ९७ औं पृथ्वी जयन्तिको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पारे ।

राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र सो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधिन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनआरएनएले बाढीपहिरो पीडितका लागि ५ करोडको राहत प्याकेज घोषणा

माथिल्लो त्रिशूली–३ ‘ए’ का कर्मचारी निकाल्न सुरुङको द्वार खोलिँदै

सम्बन्धित

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu