ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकारको गाडी खरिदमा लेखा समितिको छानविन सुरु


sharan sharan
२७ पुस २०७५, शुक्रबार   ५ : ५८   बजे

बुटवल, २७ पुस ।
राजधानीमा ह्वाईट बडीको चर्चा सेलाउन नपाउंदै प्रदेश ५ मा प्रदेश सरकारले खरिद गरेको सवारी साधनहरु बिबादमा परेकाछन् । सरकारले खरिद गरेको गाडीको छानविन यतिबेला प्रदेशसभाको सार्वजानीक लेखा समिति सम्म पुगेको छ । सरकारका अंगहरु धमाधम बिबादमा मुछीइृरहेका बेला प्रदेश नम्बर ५मा पनि सरकारमा सहभागि नेताहरु अनियमीतताको बिबादमा मुछिएकाछन् । प्रदेश सरकारले खरिद गरेको १३ वटा सवारी साधनहरु ब्यक्तिलाई बिक्रि गर्ने मुल्य भन्दा बढी मुल्यमा खरिद गरिएको पाईएपछि सरकारी निकायमा सहभागि नेकपाका नेताहरु बिबादमा परेकाछन् । सरकारले खरिद गर्दा टाटा मोटर्सको अधिकृत बिक्रेताले ब्यक्तिलाई बेच्ने मुल्य भन्दा झण्डै ३ लाख बढी मुल्यमा प्रदेश सरकारले खरिद गरेको भेटिएपछि प्रदेश ५ सरकार बिबादमा मुछिएको हो ।
गाडी खरिद सम्बन्धी बिबादका बिषयमा शुक्रबार दिनभरी प्रदेशसभा अन्तर्गतको सार्वजानीक लेखा समितीमा छलफल भएको थियो । गाडीका बिषयलाई एजेण्डा बनाएर बोलाईएको बैठकमा ९ जनाको मात्र उपस्थिती रहेको थियो । प्रदेश नम्बर ५को लेखा समितीमा १३ जना सदस्य रहेकाछन् । गाडी खरिदमा टाटा मोटर्सका अधिकृत बिक्रेता सफल मोटर्स ईण्टरनेशनलले बिक्री गर्ने मुल्य भन्दा टाटा मोटर्सले ५ लाख बढी मुल्यमा सरकारलाई गाडी बेचेको थियो । सरकारले ७१ ला ९४ हजार ९ सय ९९ मा बिक्री गरेको गाडी अधिकृत बिक्रेता सफ अटोले ६८ लाख ५५ हजारको कोटेशन अन्य निकायलाई उपलब्ध गराएको पाईएको थियो ।
उता बिबादमा मुछिएका नेकपाको तर्फबाट प्रदेशसभाका सचेतक भुमिश्वर ढकालले भने बिधि र प्रक्रिया भित्रै रहेर सरकारले गाडी खरिद गरेको भन्दै सरकारको बचाउ गर्न खोजेकाछन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा ढकालले सरकारको बचाउ गरेका थिए । ढकाल सफल अटोका लगानीकर्ता समेत रहेको बताईएको छ । उनले सफल अटोको गाडी बिक्रीमा कुनै सहभागिता नरहेको भन्दै खरिदमा संलग्न भएकाले उन्मुक्ति पाउन नहुने बताउंछन् ।
प्रदेशसभामा संघिय समाजबादी फोरमका सभासद सन्तोष पाण्ेडेले भने जनताको करबाट जम्माभएको रकमको दुरुपयोग गर्नेहरुलाई छाड्न नहुने बताउंछन् ।
शुक्रबार दिनभरी लेखा समितीको बैठक बसेपनि छानबिनका लागि आएको पोका कसले खोल्ने भन्ने बिषयमा निश्कर्ष निकाल्ने बिषयमा लामो छलफल भएको थियो । समितीका सदस्यहरुले सभापति डिल्ली चौधरीलाई छानविनको नेतृत्व लिन आग्रह गरेपनि चौधरीले आफुलाई गाडी खरिदको बिषयमा थाहा नभएको भन्दै पन्छीन खोजेका थिए । समितीले यस अघिकै बैठकमा बिभिन्न कार्यालयबाट खरिद प्रक्रियाको कागजात मगाएको थियो । बैठकले सभासद कुलप्रसाद पोखरेलको संयोजकत्वमा कल्पना पाण्डे र बैजनाथ कलवार रहेको पोका खोल्ने समिती गठन गरेको छ । समितिले आजैबाट पोका खोलि छानविन सुरुगर्ने लेखा समितिका सभापति चौधरीले जानकारी दिएकाछन् ।
आजै लेखा समितीका संयोजक चौधरीले प्रयोग गरेको गाडीको चाबी संसद सचिवालयमा बुझाएका छन् । बिबादीत गाडी प्रयोग गर्दा छानविनमा समस्या आउने देखिएर गाडी बुझाएको बताईएको छ । चाधरीले बिबादीत गाडी प्रयोग गर्दै आएका थिए ।
पारदर्शीता र शुन्य सहनशिलताको कुरा गरेर नथाक्ने सरकारमा सामेल नेताहरु एकपछि अर्कोगरि बिबादमा आउनु सरकारका लागि मात्र नभएर नेकपाकै लागि राम्रो सन्देश हुन सक्दैन । ५ नम्बर प्रदेश सरकारको गाडी खरिदमा देखिएको बिकादका बिषयमा यथासिघ्र सत्यतथ्य जनताका सामु आउनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group