ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु दुर्घटनाको कारण (भिडियोसहित)


एबीसी न्यूज
२८ पुस २०७५, शनिबार   ११ : ५८   बजे

दाङ , २८ पुस । नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही र ट्राफिक नियम पालन नगरि सवारी चलाउनु नै रहेको छ । गत शुक्रबार दाङको तुलसीपुर– ३ राम्रीमा भएको बस दुर्घटनामा पनि यस्तै कारण रहेको सरोकारवालाको दाबी छ । दुर्घटनामा सडक र चालकलाई मात्रै दोष दिनुभन्दा यस्ता दुर्घटना न्यूनिकरण गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु स्वयम् जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ ।

पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना बढी हुनुमा सम्बन्धित निकायका आआफ्नै तर्कहरु छन् । नेपालको भौगोलिक अवस्था र चेतनाको अभाव पनि सडक दुर्घटनाको मुख्य हुनाका कारण हुन् । सडक निर्माणका क्रममा प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु पनि सडक दुर्घटनाको कारक बन्ने गरेको बताउ“छन् प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी)पुष्पराज शाहि ।

दाङमा यसै आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन् भने, ४१६ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना बढ्नुमा चालकलाई प्रमुख दोषि बनाइए पनि चालक भने यो आरोप स्वीर्कान तयार छैनन् ।

यता यातायात व्यवसायीहरु पनि आफ्ना कारणले भन्दा पनि सडककै कारण दुर्घटना हुने गरेको बताउ“छन् । नेपाल यातायात व्यवसायी महासंघका सल्लाकार एवं राप्ती अञ्चल यातायात समितीका अध्यक्ष सुरेश हमाल ।

दैनिकजसो सडक दुर्घटनामा मानिसको मृत्यु भए पनि यसलाई कुनै महामारीको रुपमा हेरिदैन । तथ्यांक अनुसार महामारीले भन्दा बढी ज्यान सडकले लिइरहेको छ । जब ठूलो दुर्घटना हुन्छ त्यसपछि मात्र यसतर्फ सम्बन्धि निकायको ध्यान जाने गर्छ । दुर्घटना रोक्न नसकिए पनि यसलाई न्यूनिकरण गर्न सकिन्छ भनछन् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी ।

एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्नु भन्दा, के गर्यो भने सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ त ? शुक्रवार दाङको तुलसीपुर ३ राम्रीमा २३ जानको ज्यान जाने गरी भएको बस दुर्घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ । आगामी दिनमा दुर्घटना न्युनिकरणका लागि स्थानीय सरकार नै गम्भीर बन्नुपर्ने अवस्था आएको छ । यसका लागि सरोकारवाला पक्षस“ग छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमु्ख माया आचार्य बताउछिन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ अब ढिला गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group