ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुपदार्थ न्यूनीकरणका लागि विद्यार्थीलाई लक्षित कार्यक्रम सञ्चालन


एबीसी न्यूज
२८ पुस २०७५, शनिबार   १ : १२   बजे

पोखरा, २८ पुस ।  युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

दुव्र्यसनीले समाजलाई प्रभावित नगरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाका कूल १० वटा सामुदायिक विद्यालयका ३५२ जना विद्यार्थीमा दुव्र्यसनी परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “प्रारम्भिक रुपमा गरिएको पिसाब परीक्षणमा २४ जना विद्यार्थी दुव्र्यसनमा लागेको पाइयो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले पाँच दिनको समायावधिमा १० जना प्राविधिक टोली खटाएर गरेको परीक्षणको प्रतिवेदन देउरालीस्थित विश्व शान्ति माविमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो । दुव्र्यसनीसँगै त्यसले व्यक्तिगतका साथै सामाजिकरुपमा नकारात्मक प्रभाव पार्ने भएकाले स्कुले अवस्थादेखि नै न्यूनीकरणको प्रयास थालिएको अध्यक्ष ओझाले बताउनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आनन्दलाल जोशीका अनुसार परीक्षणबाट दुव्र्यसनी देखिनेमा सबै छात्र भएको पाइएको छ । उनीहरुमध्ये अधिकांशले गाँजाका साथै नशालु चक्की (ट्याप्लेट) प्रयोग गरेको पाइएको जोशीले जानकारी दिनुभयो ।

दुव्र्यसनीको सामान्य प्रविधिबाट परीक्षण गर्न सकिने बताउँदै जोशीले ‘¥यापिट टेष्ट’ नामक उपकरणमार्पत पिसाबबाट दुव्र्यसनीमा लागे नलागेको पत्ता लगाउन सकिने बताउनुभयो ।

गाउँपालिकाले उक्त उपकरण बेलायतबाट मगाएको हो । यो प्रविधि प्रत्येक घर घरमा समेत प्रयोग गर्न सकिने देखिएको छ ।

पछिल्ला वर्षमा विद्यालय अवस्थामै दुव्र्यसनीमा युवा फस्ने गरेका कारण गाउँपालिकाले यसलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान थाल्नुलाई सकारात्मक रुपमा लिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि दुव्र्यसनीलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाकाले गरेको प्रयास सराहनीय भएको बताउँदै उहाँले यस अभियानलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जिल्लास्थित कारागारमा रहेका कूल ७५० जना थुनुवा र कैदीमध्ये दुव्र्यसनीमा लागेका र लागुऔषध कारोवारमा संलग्नको सङ्ख्या सबै भन्दा बढी रहेको जानकारी दिनुभयो ।

रुपा गाउँपालिका–६ मा रहेको चन्द्रप्रभा माविमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई सुरक्षाका बारेमा प्रशिक्षण दिँदेै उहाँले प्रत्येक व्यक्ति, घर हुँदै समाजवाटै दुव्र्यसनी नियन्त्रण प्रयासको आवश्यकता औंल्याउनुभयो ।

उहाँले यसका लागि प्रहरी प्रशासन सघैँ सहयोगी बन्ने बताउँदै समाजमा देखिने दुव्र्यसनी लागुऔषध कारोवारको समयमा नै सूचना दिन आग्रह गर्नुभयो । गाउँपालिका, आमा समूह, विभिन्न युवा क्लब र प्रहरीको सक्रियतामा प्रत्येक वर्ष गाँजा फँडानीलाई समेत निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group