ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : नेता पौडेल


admin
२९ माघ २०७५, मंगलबार   ६ : १६   बजे


चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

देवघाटमा रहेको महेश सन्यास आश्रमले आयोजना गरेको विराट ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै सबै क्षेत्रबाट देवघाटको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले धर्मको अतिक्रमण रोक्नका लागि आवश्यक प्रयास नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सभ्यता हिन्दू र बौद्ध हो, मैले गाउँगाउँमा गएर धर्म संरक्षणका लागि पहल गरिरहेको भए पनि विस्तारै हाम्रो पहिचान मेटिँदै गइरहेको छ ।”

धर्म संरक्षणका लागि एक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । संविधानलाई बाङ्गो अर्थ लगाएर हिन्दू धर्ममाथि आक्रमण भएको भन्दै उहाँले धर्म संरक्षणका लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । 

माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । महायज्ञमा १०८ श्रीमद्भागवत पाठ पारायण भइरहेको छ ।

चारै वेद, विभिन्न पुराणहरुको पाठ पारायण, शक्तिको आराधना र ब्रह्म गायत्रीद्वारा विधिपूर्वक लक्ष हवन भइरहेको महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो । 

महायज्ञमा स्वदेश र विदेशबाट ठूलो सङ्ख्यामा सन्त, महन्त र भक्तजन आउने क्रम जारी छ । आश्रमले सञ्चालन गरेको गुरुकुल सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group