ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलामा पार्किङ बिबादले एकजनाको ज्यान गयो


sharan sharan
२७ फाल्गुन २०७५, सोमबार   ८ : ०१   बजे

बुटवल, २६ फागुन । रुपन्देहीको देवदहमा लागेको मेलामा पार्किङको बिषयमा भएको बिबादका कारण एक जना युवाको ज्यान गएको छ । आईतबार राती बुद्धनगरमा एक समुहको आक्रमणबाट देवदह नगर पालिका वडा नं ५ खैरेनीका युवा अनिस पुरीको मृत्यु भएको छ।
सांझ करिब ८ बजे तिर देवदह नगरपालिका वडा नं ९ बुद्ध नगरमा पुरी सामुुहिक आक्रमणमा परि मारिएका थिए । अनिस पुरीलाई स्थानिय युवाहरुको समुहले रड र ढुंगाले हानेर गम्भिर घाईते बनाएका थिए । उनको स्थानीय देवदह मेडिकल कलेज पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।
अनिसलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्ध नगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथी १०,१२ जनाको समुहले आक्रमण गरेको स्थानीयले बताएका छन ।
गत १९ गते देखि लागि रहेको ब्यापार मेलाको बिषयमा देवदहको खैरेनी र बुद्ध नगरका युवाहरुका बिचमा सवारी पार्किङको बिषयमा बिवाद हुँदै आएको बताईएको छ ।
ब्यापार मेला स्थलमा सवारी साधन पार्किङका बिषयमा स्थानिय बुद्धनगर र खैरेनीका युवाहरुका बिचमा बिवाद उत्पन्न भई केहि दिन अघि देखि नै सम्भावित झडपको अवस्था देखिएको थियो ।
आक्रमणमा संलग्नहरुको पहिचान भई सकेको र उनीहरुको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलमा नायव प्रहरी उपरिक्षक डिल बहादुर मल्लले बताउनु भयो । प्रहरीले सोधपुछका क्रममा ५ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ ।
एक मात्र छोरा अनिषको मृत्युको खवर पाए लगत्तै बेहोस भएका वुवा लोमस पुरी र आमा सोभा पुरीको अहिले बुटवल स्थिति गौतमबुद्ध मुटु अस्पतालमा उपचार भई रहेको छ ।
मृतक अनिषको सव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group