ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन्: प्रधानमन्त्री ओली


admin
३ चैत्र २०७५, आइतबार   ५ : ४२   बजे

विराटनगर, ३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गर्नुभयो । 

प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उहाँले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गर्नुभयो ।

उहाँले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिनुभयो ।

“जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

उहाँले सगरमाथा, गौरीशङ्कर जस्ता थुप्रै हिमालका पानी सो प्रदेशमा आउने भएकाले त्यहाँको उर्वरा जमीनमा उत्पादन बढाउन तथा अलैँची, चिया र सुपारी उत्पादन हुने भएकाले बहुबाली उत्पादमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले उत्पादन बढाई वस्तु निर्यात गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले युवालाई हौसला प्रदान गर्दै पछौटेपनलाई समाप्त गर्नका लागि जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सचेतनाको अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । विकास र समृद्धिको यात्रामा हिँड्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले जनतालाई अभिभावकत्व दिनुपर्ने उहाँको भनाइ थियो । 

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको जानकारी दिँदै सो बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको जानकारी दिनुभयो । कृषि सचिव डा युवकध्वज जोशीले उत्पादक र उपभोक्ताबीचमै बिचौलियाले खेल्ने खेल सो बजारले समाप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले तीन नदीले घेरिएको कटहरी गाउँपालिकामा बाढीको समस्या रहेको अवगत गराउनुभयो । 

स्थानीय जनप्रिय मावि कटहरीले चार बिघा र कटहरी गाविसले १८ कठ्ठा दुई धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ ।

नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो । बजारले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने अपेक्षा गरिएको छ । बजारमा थोक बिक्रेताका लागि ४० र खुद्रा बिक्रेताका लागि ३५ कक्ष बनाइएको छ । बजारभित्र एक प्रशासनिक भवन र बैंक पनि रहने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Three Scientists Awarded 2026 Future Science Prize

India Plans First Arctic Cargo Ship Voyage in 2027

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

China’s National Carbon Market Surpasses 930 Million Tonnes in Trading Volume

Xi Jinping Champions Preservation of Mogao Grottoes and China’s Cultural Heritage

China Announces New Air Quality Plan with Stricter Standards

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu