काठमाडौं चैत ११ । पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकामा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी प्रमुख तथा उपमन्त्री एलिस जी वेल्सस“ग भेट गरेका छन् ।
प्रचण्डलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गर्दै उपमन्त्री एलीसीले भावी नेपालको प्रधानमन्त्रीभन्दै सौहार्दपूर्ण अभिव्यक्ति दिएकी थिइन ।
प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालीन शान्तिस“गै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई ऐतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउ“दै नेपालको विकासमा अमेरिकी सहयोगको सराहाना गरेका थिए ।
भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमधुर सम्बन्ध विकास गर्न खोजेको बताइन । एलिसस“ग सहायक मन्त्री डेबिट रन्ड र नेपाल डेस्क हेर्ने फ्यालेसी अफहन्ट सहितका अधिकारी रहेका थिए भने पूर्व प्रधानमन्त्री प्रचण्डस“ग अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की रहेका थिए । भेटवार्ता अमेरिकी विदेश मन्त्रालयमा ४५ मिनेटभन्दा बढी समय भएको थियो ।
यस अघि अध्यक्ष प्रचण्डस“ग नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट एच डेलिसीले भेटवार्ता गरेका थिए ।
एलीसीस“गको भेटवार्ताबाट आफू उत्साही भएको प्रचण्डले एबसीलाई प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्