ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लामा पहिलो पटक आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु


admin
२५ आश्विन २०७४, बुधबार   १ : १४   बजे

चितवन, २५ असोज ।  मेडिकल सिटीका रुपमा विकास हुँदै गएको जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपण शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गरिसकेको छ भने नानी संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि तयारी गरिरहेको छ ।

नेपाल नेत्रज्योति सङ्घ जिल्ला कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकममा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपणका लागि त्यहीँबाट मगाइने उहाँले बताउनुभयो । नानी प्रत्यारोपणका लागि एकजना चिकित्सकले भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेका छन् ।

अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आइसकेको कार्यबाहक अध्यक्ष धरेलले बताउनुभयो । नानी संकलनपछि अप्टिसोल मिडिया र कर्नीसोल मिडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी बिग्रिदैन । डा पुष्पा गिरी श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजारमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।

कुनै पनि व्यक्तिको मृत्यु भएको ६÷७ घण्टाभित्रमा आँखाको नानी निकाल्न सके उत्तम हुन्छ तर १२ घण्टा सम्मको पनि नानी प्रयोगमा ल्याउन सकिने डा श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित मृतकका परिवारको स्वीकृतिमा मात्रै आँखाको नानी निकाल्न सकिने भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्कले बताउनुभयो । अस्पतालले आँखा दान गर्न इच्छुक व्यक्तिलाई आह्वान पनि गरेको छ । आँखा दान गर्न इच्छुक व्यक्तिलाई परिचयपत्र दिइने र तीनको मृत्युभएपछि सम्बन्धित परिवारले अस्पताललाई खबर गर्नुपर्ने हुन्छ । डा श्रेष्ठकाका अनुसार यहाँका अस्पतालसँगै देवघाट धाममा पनि आँखाको नानी संकलनका लागि काम गरिनेछ । नानी संकलन उल्लेख्य भएमा अर्काे वर्षबाट यही आँखा बैंक स्थापना गर्न सेवा फाउण्डेशन नामक संस्थाले आवश्यक उपकरण उपलब्ध गराउन आश्वासन दिइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group