ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज विहान बेइजिङबाट ल्हासा प्रस्थान


एबीसी न्यूज
१७ बैशाख २०७६, मंगलबार   ७ : १०   बजे


बेइजिङ, १७ वैशाख । चीनको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज विहान बेइजिङबाट ल्हासा प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउसो ल्हासा रहेको नेपाली महावाणिज्य दूतावासको अवलोकन गर्ने कार्यक्रम रहेको छ । तिब्ब्त कम्युनिष्ट पार्टीका तिब्बत पार्टी सेक्रेटरीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम पनि छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया“ राष्ट्रपति सी जिङपिङबीच हिजो शिष्टाचार भेटवार्ता सम्पन्न छ ।


बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो । राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो । राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ । नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको हो ।

दुई राष्ट्रपति भेट हुनुअघि राष्ट्रपति भण्डारीको सम्मानमा चिनिया जनमुक्ति सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको थियो । राष्ट्रपति भण्डारीसंग चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा झाओले रात्रीभोजको समेत आयोजना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

बाढी प्रभावित जिल्लामा ६ करोड ५७ लाख निकासा, प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब बढी जम्मा

बाढीबाट उद्धार गरिएकाहरूलाई काठमाडौंको कुन– कुन अस्पतालमा हुँदैछ उपचार ?

चीनले नेपाललाई २० लाख डलर नगद सहयोग गर्ने

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९, २ हजार ३०१ जनाको उद्धार, २७ प्रहरी अझै सम्पर्कविहीन

बाढीपीडित बिरामीका लागि महानगरले केयरटेकर खटाउने

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu