ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रमा छाडातन्त्र हावी हुने खतरा बढ्दै : मन्त्री बाँस्कोटा


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ४ : ३२   बजे


काठमाडौं ,२१ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन् ।  


‘बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ’, उनले भने, ‘हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानून बनाउने बेलामा तपाइँहरुको सुझावको अपेक्षा गर्छौँ ।’

रेडक्रस जस्तो पवित्र संस्थामा समेत ‘हिनामिना’ देखिएपछि सबैलाई विश्वास गर्न सक्ने वातावरण नभएको उनले जिकिर गरे ।

उनले भने, ‘बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन ।’ उनले सरकारको उद्देश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताए । 

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताए । निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैँले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ ।’ उनले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताए। 

दिगो विकास लक्ष्य (एसडीजी)का १७ उद्देश्यमध्ये सुख एउटा महत्वपूर्ण पाटो भएकाले सरकारको अभियानमा समृद्धि थपिएको उनको धारणा थियो । मन्त्री बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताए । ‘तर चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन’, उनले थपे, ‘‘एउटा सानो घर होस्, एउटा गाई होस्, भन्नेजस्ता नेपालीलाई सुखी बनाउने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीका कुरा अब वर्तमान प्रधानमन्त्री केपीले पूरा गर्दै हुनुहुन्छ ।’ 

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै शुरु भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठेरो पर्ने जिकिर गरे । वैदेशिक रोजगारीको आकर्षणसँगै ‘तेल भिसा’ले परिवार बिखण्डनतिर जाने खतरा बढेकाले यसप्रति सरकार सचेत बन्दै गएको उनले बताए । 

सो अवसरमा मन्त्री बाँस्काटाले गैसस काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य र  शङ्खबुद्ध लामालाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Divided Korea: A Sister’s Decades-Long Wait and a Son’s Perilous Journey

Israeli Strikes Kill Two, Target Medical Facilities in Escalating Gaza Violence

Russian Strike on Kyiv Munitions Warehouse Kills At Least 37

Zimbabwe Minibus Crash Kills At Least 27 Church Members

Hospital Fires Expose Neglect of Public Safety in India and Pakistan

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu