ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा


admin
२९ आश्विन २०७४, आइतबार   १२ : ४७   बजे

सप्तरी, २९ असोज ।  सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।

सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो ।

सो समितिका सचिव देवनारायण यादवले समितिका अध्यक्ष वैद्यनाथ र कोषाध्यक्ष उमदादेवीले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताउनुभयो ।

पुल निर्माणका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त खाता रहेको बताइएको छ ।

पुल निर्माणमा अनियमितता र गुणस्तरहीन सामान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट रु छ लाख ५५ हजार ४३१ झिकेको सचिव देवनारायणको आरोेप छ ।

सो सम्बन्धमा कारबाहीका लागि इटहरीस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा छानबिन गर्नका लागि माग गरिएको हो ।

करिब रु १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

रु १३ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिको दाबी भए पनि सो पुल निर्माणमा रु पाँच लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ ।

जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेलको निर्देशनमा सो पुल निर्माण भएको थियो ।

यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख कालीप्रसाद पराजुलीले सो उजुरीका आधारमा छानबिन शुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group