ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती


admin
३० आश्विन २०७४, सोमबार   १ : १४   बजे

काठमाडौँ, ३० असोज । वार्षिक रु तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन ।

कर्मचारी नहँुदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन् । विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेवाग्राहीले भने कर तिर्न जाँदा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारी नभएर सास्ती खेप्नुपरेको छ ।

आयकर बुझाउन करदाता सेवा कार्यालय चावहिल जाँदा बैंक भौचर भरेर आय करसम्बन्धी विवरण कम्प्युटरमा प्रवेश गराउने ठाउँमा कर्मचारी नराखी सेवाग्राहीले नै भर्नुपर्ने व्यवस्था गरिएकाले दिनभर झन्झट व्यहोर्नु परेको चावहिलका रमेश दाहालले बताउनुभयो ।

“करदाता दिनभर उभिएर बस्न बाध्य छन्, कर्मचारीको व्यवस्था गरेको भए यस्तो दुःख पाउनुपर्ने थिएन”, उहाँले भन्नुभयो ।

विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ नाराका साथ कर उठाइरहेको छ । तथ्यांक प्रवेश (डाटा इन्ट्री) गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा सेवाग्राहीलाई असजिलो हुने गरेको छ ।

विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल देशभर कर उठाउने कार्यालयमा करको तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था नगरिएको बताउनुहुन्छ । “कर अनलाइनबाट बुझाउन सकिने भएकाले र प्रविधिमा पनि एड्भान्स्ड रुपमा गइसकेकाले कर्मचारीको व्यवस्था नगरिएको हो, नजान्नेलाई सिकाउन सहयोग कक्षको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

गत आवमा रु दुई खर्ब ५८ अर्ब कर उठाएको विभागले चालू आवमा रु तीन खर्ब उठाउने लक्ष्य राखेको छ । विभागले ४९ कार्यालयमार्फत कर संकलन गरिरहेको छ । देशभर २२ आन्तरिक राजश्व कार्यालय र २६ करदाता सेवा कार्यालय छन् । सेवा कार्यालयमध्ये १३ उपत्यकामा तथा १३ उपत्यका बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu