ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेत रोप्ने मौसम चलिरहेको बेला बजारमा मल अभाव (भिडियोसहित)


एबीसी न्यूज
२८ जेष्ठ २०७६, मंगलबार   १ : ५५   बजे

काठमाडौँ, २८ जेठ । सातौं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । देशकै मुख्य बाली धान लगाउने मौसम चलिरहेको बेला बजारमा भने मल अभाव भईरहेको किसानले गुनासो गरिरहेका छन् । मल र पर्याप्त पानीको अभाव हुदां कतिपय ठाउका उब्जाउ भूमी समेत बांझो छ । आवश्यक श्रोत, साधनको कमीका कारण कृषि क्षेत्रको समस्या समाधानमा समस्या आइरहेको कृषि विभागले जनाएको छ ।

नेपाल कृषिप्रधान देश हो । यहाँका ६५ प्रतिशत भन्दा बढी मानिस कृषिमा आधारित जीवन बिताउछन् । जेठ असारताका विशेषगरी धानबाली लगाईन्छ । तर, आजकाल बीउ, मल र जल यी आधारभुत आवश्यकताको अभावका कारण कतिपय ठाउँमा भने वर्षा लागिसक्दा पनि धानको बीउ राख्ने सुरसार समेत छैन ।

असन्तुलित मौसमका कारण कहिले सुख्खा त कहिले अचानक ठूलो पानी पर्छ । मौसममा सन्तुलन नहुदा पनि कृषक मारमा परिरहेका छन् । मौसमअनुसारको खेतीबाली लाउने प्रचलनमा समेत नकरात्मक असर पुगिरहेको छ । राजधानी लगायत कतिपय ठाउँमा भने पानीको अभावका कारण खेतीपाती हुन सकेको छैन । उब्जाउ भुमि समेत बाँझो रहेको अवस्था छ ।

खेतीपातीको लागि मलको अभावको समस्या पनि प्रमुख रुपमा देखिदै आएको छ । मौसमी बालीनालीका लागि उपयुक्त मौसम नहुने र जमिन, पानीको कमी हुने गरेका कारण कृषक बेमौसमी उत्पादनमा आकर्षित हुने गरेका छन् ।

हुन त, सरकारले कृषिप्रधान देशमा कृषि क्षेत्रलाई थप व्यवस्थित र सुधारात्मक बनाउन विभिन्न कार्यक्रमहरु पनि ल्याउने गरेको छ । कृषिमैत्री सहकारी, बैंक र संघ, संस्थाहरु पनि नखुलिएका हैनन् । प्रधानमन्त्रीस्तरको नै कृषि आधुनिकीकरण आयोजना संचालन भएको पनि अढाई वर्ष बितिसकेको छ । तर यी यस्ता सेवा, सुविधा र कार्यक्रमहरु भने वास्तविक कृषकसम्म पुग्न सकेका छैनन् । कागज मिलाउन सक्नेले सरकारी अनुदान प्राप्त गर्छन् । खेतमा काम गर्ने वास्तविक किसानले सरकारबाट कुनै सहयोग प्राप्त गर्न सक्दैनन् ।

वास्तविक कृषकको जीवनस्तर उकास्न र कृषि क्षेत्र विकास गर्ने उद्देश्यमा मात्रै कार्यक्रमहरु केन्द्रि गरिनुपर्ने कृषक माग गर्छन् ।
खेतबारीमा प्रयोग गर्ने मल पनि छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने हुँदा बेला बेलामा मलको अभाव हुने गरेको कृषि विभागका उप महानिर्देशक, रेवती रमण पौडेल बताउछन् ।

यो दृष्टान्तकै बीच व्यवसायिक र वैज्ञानिक कृषिप्रणाली अपनाउनुपर्ने कृषि विभाग बताउंछ । कृषि क्षेत्रलाई थप सुधार गर्न राज्यबाट पनि श्रोत, साधनलाई थप बढाउनुपर्ने विभाग बताउंछ ।परम्परागत कृषिप्रणालीमा युवा आकर्षित छैनन् । अझै पनि, कृषि पेशा भनेको अनपढहरुले धुलो, माटो हिलोमा बढी श्रम गर्नुपर्ने काम हो भन्ने धारणा कायमै रहेकाले न्युन पारिश्रमिकमा विदेश पलायन हुन्छन् । तर, युवाले आफ्नो खेतबारीमा काम गर्नै रुचाउंदैनन् ।

सरकारले युवा पलायन रोक्दै कृषि नै राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार हो भन्ने सन्देश अझै पनि पुर्याउन सकेको छैन । कृषि क्षेत्रलाई थप व्यवस्थित, आधुनिक र सुधारात्मक बनाउन बेला बेलामा विभिन्न नाराका साथ कार्यक्रम भएपनि आम कृषकको दैनिकी उस्तै छ । राजधानी आसपासका किसानले त राज्यबाटै उपलब्ध गराईएको सेवा, सुविधा पाएका छैनन् भने, दुरदराजका पहुँचबिहिन कृषकहरुको पालो कहिले आउला ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group