ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाल्पामा एक सय दश जनालाई रोजगार प्रदान


एबीसी न्यूज
२८ जेष्ठ २०७६, मंगलबार   २ : ०२   बजे

 

पाल्पा, २८ जेठ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम रिब्दीकोट गाउँपालिकाले शुभारम्भ गरेको छ । बेरोजगारलाई रोजगार दिन गाउमा कार्यक्रम शुभारम्भ भएको हो । गाउ सरकारले एक सय बढी बेरोजगारलाई रोजगारी दिन थालेको हो ।

पाल्पाको रिब्दीकोट गाउँ पालिकाले एक सय दश जना महिला र पुरुषलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १४ लाख रुपैयाको बजेटबाट ६३ जनालाई रोजगारी दिइएको छ । त्यसैगरि गाउँपालिकाको बजेटबाट ४७ जना थप गरि एक सय दश जना रोजगारी भएका हुन् ।रिव्दीकोट गाउँपालिकाले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा ८० प्रतिशत महिला रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ गाउँमै रोजगारी पाएपछि स्थानीय खुशी भएका छन्  ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाएका ६३ जनाको निरन्तरताका लागि गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाले प्रत्येक वडा वडामा स्थानीयबासीलाई रोजगारीको अवसर दिएको छ । गाउँपालिकाले तोकेको काम गर्न ईच्छुक सबै स्थानीयलाई रोजगारीको व्यबस्था गर्ने जनाएको छ । आगामी वर्षको बजेटमा स्थानीयलाई रोजगारी दिने कार्यक्रम प्राथमिकताकासाथ सम्बोधन गर्ने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय बेरोजगारहरुको पहिचानबाट रोजगार दिएको हो । स्थानीय तहले आफै पूर्वाधारसंग जोडिएका विभिन्न काम सम्पन्न गर्न आवस्यक सामाग्री खरिद गर्नेछ । काम गर्न गाउँपालिकाले गैटी बेल्चा,गल, हसिया, डोको लगाएत निमार्ण सामार्गी गरि उपलब्ध गराउने भएको छ । श्रम गर्न चाहाने स्थानीलाई स्थानीय सरकारको परिचालनमा काम गर्नुपर्नेछ ।

न्यूनतम पारिश्रमिकको व्यवस्था गरि स्थानीय बेरोजगारलाई अवसर प्राप्त हुनेछ । कामदारहरुले सडक सरसफाई, नाली सफा गर्ने, पहिरो पन्छाउने, सामुदायिक वनमा जुडिबुटी, फलफुल लगाउने, गाउँपालिका भित्र आकस्मिक सबै किसिमका कामहरु गर्नु पर्नै छ । गाउँपालिका भित्र विविध भौतिक काम गरेर उनीहरुले रोजगारी प्राप्त गर्नेछन् । निर्माण सामाग्री खरिद गरेर गाउँमा काम दिने र गाउँमा बेरोजगारी तथा गरिबी अन्त्य गर्ने योजना गाउँपालिकाको योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए ।

सरकारी लक्ष्य अनुसार स्थानीय सरकारले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई साथ दिन सक्यो भने गाउँमै रोजगारी प्राप्त हुनेछ । यसले गाउँको गरिबी घटाउने नै छ । यतिमात्रै होइन स्थानीयमा परिवर्तनको अनुभुति समेत दिने निश्चित छ । यसर्थ रिब्दीकोट गाउपालिकाले यसलाई निरन्तरतासंगै अझै सक्रृयताकोसाथ प्राथमिकता दिन सके बेरोजगार घटाउन, रिब्दीकोटगाउँपालिका देशकै नमुना गाउँपालिका बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group