काठमाण्डौं, १० कात्तिक । विपक्षी दलको आरोपलाई आधार मान्ने हो भने कृषी क्षेत्रका विज्ञ मदन राई अहिले तरकारीको बीउ वितरण गरी जनतालाई प्रलोभनमा पारी भोट माग्दै छन् । आगामी मंसिर १० गते हुन लागेको निर्वाचनमा नया शक्ति नेपाल खोटाङबाट उम्मेद्धार बनेका राई झण्डै महिना दिन देखि चुुनावी प्रचारमा लागेका छन् । उनले तरकारीको बीउ दिएर भोट माग्न सुरु गरे पछि उनी माथि विपक्षी दलले जनतालाई प्रलोभनमा पार्न आचारसंहिताविपरीत प्रचार प्रसारमा लागेको आरोप लगाएका हुन् ।
गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन् । तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन । बीउ र घोषणापत्रसगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो ?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ ।
साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुनेगरेको छ । राईको उक्त कदम सामान्य भएको कतिपयको प्रतिक्रिया छ भने कतिपयले सामाजिक संञ्जालमा यसको चर्को विरोध गरेका छन् ।
प्रतिनिधीसभाको निर्वाचनमा सो जिल्लाबाट नया शक्तिका उम्मेद्धवार राई सगै अन्य राजनीतिक दलका १० जनाको उम्मेद्धारी परेको छ । जिल्लामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा ९एमाले० का विशाल भट्टराई र नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्