काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनुभएको हो । आज जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको ...