काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई सैनिक मुख्यालयमा सोमवार (आज) आयोजित कार्यक्रममा त्यस परिमाणको इन्सास, एसएलआर लगायतका हतियार र त्यसको गोली एवम् आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुभएको हो ...